नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन्।
विराटनगरमा जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन भए ।
त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिएका छन । यसैगरी उपमहासचिवमा हरिवल्लभ नेपाल,सचिवहरुमा विष्णु तारुके (ंसंगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन भएका छन।
सोहीअनुसार प्रदेश इन्चार्जहरुमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन भएका छन।
