Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाली कांग्रेस मोहन्यालको सभापतिमा प्रेमबहादुर बुढा निर्विरोध निर्वाचित

  • कैलाली दर्पण
  • मङ्लबार, अशोज २०, २०८३
नेपाली कांग्रेस मोहन्यालको सभापतिमा प्रेमबहादुर बुढा निर्विरोध निर्वाचित

कैलाली । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत मोहन्याल गाउँपालिकामा देउवा पक्षको नयाँ गाउँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।

मंगलबार पालिकाको वडा नं.-१ बडीकाथाईमा सम्पन्न अधिवेशनबाट प्रेमबहादुर बुढा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार उपसभापतिमा धनसरा गिरी र कला देवी बिक, सचिवमा सूर्यबहादुर थापा र सुनिता शाही तथा सहसचिवमा खड्ग बिक निर्विरोध निर्वाचित भएका छन्। गाउँ कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि निर्विरोध चयन भएका छन्।

खगेन्द्रबहादुर शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता कमलबहादुर शाह सहभागी थिए।

कार्यक्रममा विशिष्ट अतिथि पूर्वमहाधिवेशन प्रतिनिधि धर्मराज न्यौपाने र सूर्यबहादुर बटाला, मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टी मोहन्याल गाउँ समिति अध्यक्ष महेश बिष्ट, नेकपा एमाले मोहन्यालका सचिव गणेश टमट्टा, लम्कीचुहा नगरपालिका–३ का वडा अध्यक्ष लभबहादुर शाही तथा साविक सुगरखाल गाउँ कार्यसमितिका सभापति गजेन्द्र बिष्टलगायतले शुभकामना मन्तव्य दिएका थिए।

अधिवेशन आयोजक समितिका संयोजक प्रेमबहादुर बुढाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नारायण ढुंगानाले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट