नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान हुने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार सूचना जारी गर्दै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेकाले निर्धारित समयदेखि मतदान प्रक्रिया सुरु हुने जनाएको हो।
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गर्दा सम्बन्धित मतदातालाई आफ्नो प्रदेशका लागि तोकिएको स्थानमा गई मतदान गर्न आग्रह गरेको छ।
त्यस्तै, निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका वस्तुहरू लिएर मतदानस्थलमा प्रवेश गर्न निषेध गरिएको समितिले जनाएको छ।
