Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

काङ्ग्रेस केन्द्रिय सदस्यमा सुमन संज्यालको उम्मेदवारी

  • कैलाली दर्पण
  • बुधबार, अशोज २१, २०८३
काङ्ग्रेस केन्द्रिय सदस्यमा सुमन संज्यालको उम्मेदवारी

लिलाराज शाही कैलाली/नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यमा सुमन संजालले उम्मेदवारी दर्ता गरेकी छ्न ।

मंगलबार दिउँसो उनले खस आर्य महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी हुन।

लम्कीचुहा नगरपालिका–१ निवासी सञ्ज्याल कैलाली–२ बाट महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ निर्वाचित भएकी हुन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय सञ्ज्याल विभिन्न सामाजिक संघसंस्थाको नेतृत्वसँगै व्यवसायमा समेत संलग्न रहँदै आएकी छन्।

सञ्ज्यालले २०६० सालमा नेपाल विद्यार्थी संघको सदस्य हुँदै राजनीतिक यात्रा सुरु गरेकी हुन्। २०६२/६३ को जनआन्दोलनमा नेपाल विद्यार्थी संघको नेतृत्वमा सक्रिय सहभागिता जनाएकी उनले २०६५ सालमा लम्की बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव पदमा समेत उम्मेदवारी दिएकी थिइन्।

कांग्रेसको १२औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र १४औँ महाधिवेशनमा महासमिति सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकी सञ्ज्याल नेपाल महिला संघको केन्द्रीय सदस्यसमेत भइसकेकी छन्।
समाज परिवर्तन व्यक्तिको परिवर्तनबाट सम्भव हुने धारणा राख्दै सञ्ज्यालले राजनीतिक उत्तेजनाभन्दा चेतना, सकारात्मक सोच र सामाजिक सक्रियतामार्फत परिवर्तन आवश्यक रहेको बताउँदै आएकी छन्।

सञ्ज्यालले असोज २२ गते हुने महाधिवेशनमा आफूलाई खस आर्य महिला खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित गराउन सम्पुर्ण  केन्द्रीय प्रतिनिधि, पालिका सभापति, पार्टीका अग्रज नेता तथा युवाहरूसँग अपिल गरेकी छन्।

सामाजिक तथा राजनीतिक सक्रियता र अनुभवलाई आफ्नो मुख्य आधार बनाउँदै सञ्ज्यालले महिलाको प्रतिनिधित्वका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।

सम्बन्धित समाचार
ताजा अपडेट