Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रन्जित निर्वाचित

  • कैलाली दर्पण
  • आइतवार, पुस १४, २०८१
माओवादी केन्द्र बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रन्जित निर्वाचित

निर्मला शाही/नेकपा(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रामकृष्ण डगौंरा थारु (रन्जित ) निर्वाचित भएका छ्न ।

शनिबारदेखि बर्दगोरियामा सुरु भएको तेस्रो अधिवेशन सर्वसहमती बाट गठन हुन नसके पछि आइतबार निर्वाचन प्रक्रियाबाट डगौरा अध्यक्षमा निर्वाचित भएका हुन।

यसैगरी अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर विक, भिखु चौधरी र बाधुराम डगौरा थारू निर्वाचित भएका छ्न भने सचिबमा भेषराज जैशी र सह-सचिवमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन।

यस्तै कोषाध्यक्षमा चन्द्रा देवि लुहारसहित ४१ सदस्यीयको नयाँ कमिटी गठन गरिएको छ।

कमिटीको अध्यक्षमा निर्वाचित डगौरा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का पालिकाकै उनी दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट