Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाैनियाँ महोत्सवमा आज पुस ११गते गायक अर्जुन सापकोटा र सिर्जना खत्री आउदै

  • कैलाली दर्पण
  • बिहिबार, पुस ११, २०८१
बाैनियाँ महोत्सवमा आज पुस ११गते गायक अर्जुन सापकोटा र सिर्जना खत्री आउदै

निर्मला शाही बौनिया/बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सडकपुर बौनियामा जारी ७ औँ संस्करणको सेती लोकमार्ग पहिचान महोत्सवमा आज तेस्रो दिनमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

कृषि, ब्यापार, संस्कृती र पर्यटनको विकास : निर्माणाधिन सेती लोकमार्गको निकास’ भन्ने नाराका दिएको महोत्सवमा आज पुस ११ गते चर्चित गायक  अर्जुन सापकोटा र सिर्जना खत्री (हाउडेमाया), गायिका तथा उद्घोषिका मन्जु पौडेल, लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

मंगलबार  एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका हुन्।

पुस ९ गते देखि पुस १८ गते सम्म सन्चालन हुने महोत्सवमा ८० वटा ब्यापारी  स्टल, थारु गाउँ ,रमाइलो मेला लगायत दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ र        विद्यार्थी अपांग, अशक्तहरुलाई ७० रुपैयाँ टीकट निर्धारण गरिएको छ ।

 

सम्बन्धित समाचार
ताजा अपडेट