Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनिया महोत्सवमा आज पुस १५ गते को-को आउँदै छन् कलाकार ?

  • कैलाली दर्पण
  • सोमवार, पुस १५, २०८१
बौनिया महोत्सवमा आज पुस १५ गते को-को आउँदै छन् कलाकार ?

निर्मला शाही/बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सडकपुर बौनियामा जारी ७ औँ संस्करणको सेती लोकमार्ग पहिचान महोत्सवमा आज सोमबार गायक टेक बिसि,गायिका एन्जिला रेग्मिको बेजोड प्रस्तुति रहने छ ।

कृषि, ब्यापार, संस्कृती र पर्यटनको विकास : निर्माणाधिन सेती लोकमार्गको निकास’ भन्ने नाराका दिएको महोत्सवमा आज पुस १५ गते चर्चित गायक टेक बिसि गायिका एन्जिला रेग्मि, गायक भरत ताम्राकार, गायक तथा र्‍यापर जगत तितुवा आउने कलाकार संयोजक दिपक गौतमले जनकारी दिए ।  यस्तै   महोत्सवमा बालकलाकार अनुभा बिस्ट,उद्घोषिका तथा गायिका उमादेबी खनालका साथै बिधालय स्तरिय नृत्य प्रतियोगिता संगै स्थानीय डान्स एकेडेमीका नृत्यहरु समेत प्रस्तुति रहने प्रचार प्रसार संयोजक पदम राज ओझाले जानकारी दिए ।

महोत्सव पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक बौनिया बजार समितिका अध्यक्ष देवराज सिंह स्वारले जानकारी दिए ।

मंगलबार  एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले महोत्सवको उद्घाटन गरेका हुन्।

 महोत्सवमा ८० वटा ब्यापारी  स्टल, थारु गाउँ ,रमाइलो मेला लगायत दुई दर्जन बढी  राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ र         विद्यार्थी अपांग, अशक्तहरुलाई ७० रुपैयाँ टीकट निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट