Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्की महोत्सव २०८२ समापन,६० हजार बढी दर्शकले गरे अवलोकन

  • कैलाली दर्पण
  • आइतवार, मंसिर २१, २०८२
लम्की महोत्सव २०८२ समापन,६० हजार बढी दर्शकले गरे अवलोकन

बाैनिया/लम्कीमा सञ्चालन भएको लम्की महोत्सव २०८२ समापन भएको छ ।

समुन्नत लम्कीचुहाको आधार शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ मंसिर १० गतेदेखि २१ गते सम्म संचालन भएको लम्की महोत्सव २०८२ आइतबार समापन भएको हो ।

१२ दिनसम्म सञ्चालन भएको लम्की महोत्सवमा ६० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका लम्कीचुहा उद्योग बाणिज्य संघका सल्हाकार दिपक तिमिल्सैनाले बताउनु भएको छ ।

महोत्सव समापन कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नेत्रप्रसाद खनालले लम्की महोत्सवले यस क्षेत्रको  शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रको प्रर्बद्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य पुष्प कुवँरले लम्की क्षेत्र पर्यटनको लागि  सम्भावनाको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनुभयो । उद्योग बाणिज्य संघले आयोजना गर्ने यस्ता मेला महोत्सव जस्ता अन्य कार्यक्रमले यस क्षेत्रको कला, संस्कृति, कृषि, व्यापार र पर्यटनलाई प्रर्बद्धनमा ठुलो सहयोग गर्ने गरेको बताउनु भयो ।

लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक पदमराज चौलागाईंको सभापतित्वमा भएको समापन कार्यक्रममा महोत्सवलाई विभिन्न क्षेत्रबाट सहयोगगर्ने सहयोगी दाता तथा अतिथिलाई कदरपत्र समेत प्रदान गरिएको थियो । यस्तै महोत्सवमा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम स्थान आउन सफल क्यामब्रीज बोडिङ स्कुल बलिया, दिृतीयमा उज्यालो शिक्षा सदन माध्यामिक विद्यालय लम्की, तिृतीय बालकल्याण माध्यामिक विद्यालय भुरुवा र सान्तवनामा एडभान्स एकेडेमी मोतिपुरलाई नगद र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।

यसैबिच आज महोत्सवको अन्तिम दिन चर्चित लोक देउडा गायक चक्र बम, गायिका पुजा देवकोटा, मोडेल अन्जु सुनारको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रमको उद्घोषणमा आर. जे. राष्कोटी र मञ्जु पौडेलले गर्नु भएको थियो, भने औपोचारिक समापन कार्यक्रमको सञ्चालन लम्कीचुहा उद्योग बाणिज्य संघका कानुनी सल्लाहाकार विणुप्रसाद खनालले गर्नु भएको महोत्सवका कलाकार संयोजक मनिष न्यौपानेले जानकारी दिनु भएको छ ।

लम्की महोत्सव २०८२ लाई  सफलपार्न सहयोग गर्ने सबै सहयोगि प्रति लम्कीचुहा उद्योग बाणिज्य संघका महासचिव पुष्पराज ढकालले धन्यबाद समेत दिनु भएको छ । महोत्सवमा २ सय बढी व्यापारीक तथा सेवा मूलक स्टल, कृषि प्रर्दशनी, रमाईलो मेला रहेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट