Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सुरु

  • कैलाली दर्पण
  • मङ्लबार, पुस ९, २०८१
बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव सुरु

लिलाजङ्ग शाही,बौनिया/कैलालीको बौनियामा  सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८१ सुरु भएको छ ।

बौनिया बजार व्यवस्थापन समितिको आयोजना संचालन भएको महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मंगलबार उद्धघाटन गरेका हुन ।

मुख्य मन्त्री शाहले आफू निरन्तर सुदूरपश्चिम प्रदेशको बिकास निर्माण, दिगो शान्ति र सुशासन कायम गर्न लागि रहेको बताए ।

आज पुस ९ देखि पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवले निर्माणाधीन सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना सेती राजमार्ग निर्माणमा ढीला सुस्ती भएकोले निर्माणकार्य छिटोछरितो होस भन्ने उदेश्यले महोत्सवको माध्यम द्वारा राज्यको ध्यानाकर्षण गराउन तथा स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराजसिंह स्वारले बताए ।

‘स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा, घोडाघोडी ताल, कर्णाली चिसापानी, राजकाँडा लगायतको विकास, संरक्षण र प्रचारप्रसारलाई लक्षित गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुगाउन महोत्सवले विशेष भूमिका खेल्नेछ,’ उनले भने, ‘ महोत्सवबाट यस क्षेत्रको आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने र सेती लोकमार्ग निर्माणले तीव्रता पाउने आशा गरेको बताए ।

दुई ठुला छिमेकी मुलुक भारत र चीनको ताक्लाकोटसम्म जोड्ने छोटो दुरीको त्रिदेशीय महत्वको सेती राजमार्गको पहिचान र निर्माण कार्यलाई तीव्रता दिन महोत्सवको आयोजना गरिएको आयोजकको भनाइ छ । हरेक वर्ष सेती राजमार्ग निर्माणका लागि सरकारले बजेट छुट्याए पनि निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । आयोजनालाई गति दिनका लागि दुई भागमा विभाजन गरी निर्माण कार्य भएपनि ढिलासुस्ती भएको हो । सेती राजमार्ग (दक्षिण खण्ड) टिकापुर–लोडे–चैनपुर (२४२ किलोमिटर) र (उत्तर खण्ड) चैनपुर–ताक्लाकोट (११७ किलोमिटर) दुई खण्डमा विभाजन गरी निर्माण कार्य भइरहेको छ ।

उद्घाटन समारोहमा विभिन्न क्षेत्र बाट समाज परिवर्तन र बिकास निर्माणकार्यमा  योगदान गर्ने ब्यक्तीहरुलाइ  दोसल्ला ओढ्य्यार सम्मान गरिएको छ। जनप्रतिनिधि बर्दगोरिया गाउपालिकाका अध्यक्ष तथा बौनिया महोत्सवका संस्थापक कर्ण बहादुर कुँवर,पत्रकारीता क्षेत्र बाट कोसेली एफएम का प्रबन्धनिर्देशक लिलाजङ्ग शाही ,समाजसेवा तर्फबाट साविक कोटातुल्सीपुर गाबिसका पुर्व अध्यक्ष केशव शाही,बौनिया बजार ब्यबस्थापन समितिका पुर्व अध्यक्ष रुपक सुनार,ब्यापारीक्षेत्र बाट अजव सिह मल्ल ,शिक्षा क्षेत्र बाट हिरा देवि मल्ल ,बन संरक्षण क्षेत्र बाट लालीगुरास सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर कुवर,कृषि क्षेत्र बाट लल्ता प्रशाद चौधरी  लाई दोसल्ला ओढ्यार सम्मान गरिएको हो।

यसक्षेत्रमा विगत वर्षदेखि सेती लोकमार्ग निर्माणका लागि विभिन्न मेला, महोत्सव, खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु हुँदै आएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक स्वारका अनुसार महोत्सवमा ८० स्टल राखिएको छ ।

महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिकल, होटल र सूचना प्रविधि लगायतका स्टल रहने छन् । महोत्सवलाई डेढ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै विद्यालय स्तरीय नृत्य, रमाइलो मेला, कृषि उत्पादनको प्रदर्शनी हुने आयोजकले जनाएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थी र ज्येष्ठ नागरिकलाई रु ७० टिकट दर राखिएको छ भने सर्वसाधारणलाई १ सय राखिएको छ । महोत्सव अवधिभरका लागि सिजनल रु ८ सय निर्धारण गरिएको छ । बर्दगोरिया गाउँपालिका–१ को बसपार्क स्थलमा महोत्सव सञ्चालन भइरहेको हो ।

बौनिया बजार व्यवस्थापन समितिका उपाध्यक्ष देवबहादुर चौधरीलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी मुख्यमन्त्री कमल बहादुर शाह ,लम्किचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही ,बर्दगोरिया गाउपालिकाका अध्यक्ष कर्ण कुवर ,मोहन्याल गाउपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ,कैलाली उधोग बाणिज्य संघ का महासचिव ओम बहादुर बिष्ट ,लम्किचुहा उधोग बाणिज्य संघका अध्यक्ष पदम राज चौलागाईंले शुभकामना मनतब्य राख्नु भएको थियो।

महोत्सवको उद्घाटन कार्यक्रमको सञ्चालन चर्चित उद्घोषिका तथा गायिका मञ्जु पौडेल र बौनिया बजार व्यवस्थापन समितिका महासचिव राजेश गौतलले गरेका थिए

 

सम्बन्धित समाचार
ताजा अपडेट