बौनियाँ/कैलालीको बर्दगोरिया गाउँपालीकामा रहेको बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा बर्दगोरियाको बस पार्कमा बर्दगोरिया सेती लोकमार्ग महोत्सव २०८१ हुने भएको छ ।
” कृषि, व्यापार ,पर्यटन र संस्कृतिको बिकास ,निर्माणाधीन सेती लोक मार्गको निकास भन्ने नाराका साथ समितिको आयोजनामा पुष ९ गतेदेखि १८ गते सम्म महोत्सव सञ्चालन गरीने महोत्सव मुल समिति संयोजक तथा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देव राज स्वारले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पर्यटकीय क्षेत्रका रुपमा रहेको बर्दगोरिया धामको प्रचारप्रसार तथा राष्ट्रिय गौरवको आयोजना सेती लोकमार्गको कामलाई तिब्रता होस भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको मुल कमिटी संयोजक तथा अध्यक्ष स्वारले बताए ।
साथै पुर्ब अध्यक्ष तथा सल्लाहकार रुपक सुनारले महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि लगायत १ सय स्टल रहने जानकारी दिएका छन ।
महोत्सवका कारण ठाउँको पहिचान संगै ब्यपार व्यवसायमा वृद्धि होस भन्ने उद्देश्यका साथ महोत्सव लगाउने गरिएको बजार व्यवस्थापन समितिक महासचिव राजेश गौतमले बताए ।
महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने कलाकार संयोजक दिपक गौतमले बताए । महोत्सवमा राष्ट्रिय कलाकार चर्चित गायिका ज्योती मगर, गयक राम जि खाण, हेमन्त शर्मा, राजु परियार ,चक्र बम, अर्जुन सापकोटा , गायिका अनु चौधरी ,उद्घोषिका तथा गायिका मन्जु पौडेल, कल्पना कुशुम, शोभा त्रिपाठी, उमा देवि खनाल, लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने कलाकार संयोजक गौतमले बताए ।
१० दिन सम्म सञ्चालन गरीने महोत्सबमा करीब १ करोड बराबरको कारोबार हुने मुल कमिटी संयोजक स्वारले बताए ।
उक्त महोत्सवलाई सहयोग गरी दिन समेत आयोजकले सबैलाई आग्रह गरेको छ । महोत्सव अवलोकनका लागी विद्यार्थीका लागी ७० र अन्य सर्बसाधारणका लागी १०० रुपैयाँका दरले टिकट दस्तुर लाग्ने आयोजकले जनाएको छ । महोत्सव अवधीभर करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।
