२२ फागुन, नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल नियुक्ति भएका छन् ।
नेकपा एमाले संसदिय दलकाे प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री भएपछि रिक्त पदमा महेश बर्तौलालाई नियुक्त गरिएको छ।। बर्तौला मकवानपुरबाट निर्वाचित सांसद हुन्।
मंगलबार संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गर्दै उनको स्थान सचेतकमा सुनिता बराललाई नियुक्त गरेका छन्।
वर्तौला मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिकतर्फकी सांसद हुन्।
वर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट उदाएका नेताहरू हुन्।