२२ फागुन/ गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरिएको छ।
केन्द्रमा काङ्ग्रेस -माओवादीको गठबन्धन टुटेको छ। एमाले सहितको नयाँ गठबन्धन बनेपछी मंगलबार नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट बर्खास्त गरिएको हुन ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।