Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमाले कैलाली अधिबेशन लम्बियो:२ बजे मतदान हुने

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन ९, २०८०
एमाले कैलाली अधिबेशन लम्बियो:२ बजे मतदान हुने

फागुन९/ नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए । यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो ।तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

अहिले बिहान अर्काे तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसके भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।

सम्बन्धित समाचार
ताजा अपडेट