Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एमाले कैलाली जिल्ला अधिवेशन:अध्यक्षमा पाण्डेको चर्चा

  • कैलाली दर्पण
  • बुधबार, फाल्गुन २, २०८०
एमाले कैलाली जिल्ला अधिवेशन:अध्यक्षमा पाण्डेको चर्चा

बर्दगोरिया – नेकपा एमाले कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन आगामी फागुन ६ र ७ गते सुखडमा हुने भएको छ । सो अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ।

अधिवेशनका लागि प्रतिनिधि समेत छनौट भइसकेको हुनाले पदाधिकारीका आकांक्षीहरु आफ्नो उम्मेदवारी घोषणाको तयारीमा लागेका छन् । जिल्लाको नेतृत्व लिन चाहने नेताहरुले अब चुनिएर आएका प्रतिनिधिहरुलाई आफुले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै दौडधुप सुरु गरेका छन् ।

अनेरास्ववियुबाट आफ्नो राजनीति सुरु गरेका एमाले जिल्ला कमिटी सचिव डेजि पाण्डेको जिल्ला अध्यक्षका लागि विशेष चर्चा हुने गरेको छ। जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ ।

कार्यकर्तामाझ लोकप्रिय पाण्डेका पक्षमा ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरू रहेको स्रोतले बताएको छ । २०४८ सालमा कैलालीको बौनियामा रहेको रधुनाथ माध्यमिक विद्यालयमा अखिलको अध्यक्ष भएका पाण्डे त्यसको करिब ९ वर्षपछि सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थि अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भए ।

२०५८ सालमा केन्द्रीय स्ववियु काउन्सिलका सहसंयोजक रहेका पाण्डे त्यसपछि पार्टी राजनीतिमा सक्रिय भए । एमालेको कैलाली जिल्ला सचिवालय सदस्य रहेका पाण्डे अखिल नेपाल राष्ट्रिय किसान महासंघको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सचिव हुन । गत ८ औं कैलालीको जिल्ला अधिवेशनबाट उनी सचिव पदमा निर्वाचित भएका हुन ।

बर्दगोरियाको एक वडा बाट प्रतिनिधि चुनिएका एक जनाले भने एमाले कैलाली लाई बनाउने हो भने डेजि पाण्डे जिल्ला अध्यक्ष बन्नु पर्छ अरुले पार्टी मिलाउन सक्दैनन् पार्टीमा दिएको योगदानको आधारमा पनि पाण्डे लाई अध्यक्ष बनाउनु पर्छ उनले भने ।

पाण्डे कृषी पेशामा सक्रिय छ्न । पाण्डे एमालेका सक्रिय,ईमानदार र सरल स्वभावका नेता हुन । आफ्नो जिम्मेवारी र भुमिकालाई सरल कुशलताका साथ निभाउन सक्ने क्षमता पाण्डेमा छ।

सम्बन्धित समाचार
ताजा अपडेट