निर्मला शाही बाैनिया / एमाले निकाट राष्ट्रिय युवा संघ मोहन्याल गाउँ कमिटीको दोस्रो अधिबेशन मंगलबार कुइनेमा सम्पन्न भएको छ। अधिबेशनबाट अध्यक्षमा दान बहादुर तमट्टा(दिपेश) सर्वसम्मत चयन भएका छन् ।
अधिबेशनबाट तमट्टाको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
यस्तै उपाध्यक्षमा प्रकाश माझी सचिवमा नेत्र बोहरा, सहसचिवमा अनिल रावल ,सहसचिवमा बर्षा डाङ्गी बिक, अभिषेक केडिया र कोषाध्यक्षमा बिर्मा थापा लगाय३९ सदस्यीयको गाउँ कमिटी निर्विरोध चयन गरिएको छ ।