बाैनिया/कैलालीको सुखडमा अवस्थित घोडाघोडी बहुमुखी क्याम्पसमा आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो उम्मेदवारी दर्ता गराइएको छ ।
सभापतिमा कपिल सापकोटा ,उपाध्यक्षमा अशोक गौतम ,सचीव अनुपम चौधरी ,सह सचीव उर्मिला सिजापती मगर , कोषाध्यक्षमा सुनिता ढुंगाना रहेका छन।
यस्तै सदस्यहरुमा भगवती शाही ,दिपेन्द्र बहादुर बटाला,हिक्मत धामी ,बिष्णु चौधरी ,इन्दु बोहरा ,बिनोद धमाला र पारस बिस्ट्को उम्मेदवारी दर्ता भएको छ।
उम्मेदवारी दर्ता पश्यात प्रतिक्रिया दिँदै कपिल सापकोटाले आफ्नो टिमलाई विजय गराउन उनले घोडाघोडी क्याम्पस मा अध्ययन गर्ने विद्यार्थीहरूलाई आग्रह समेत गरेका छन् ।