बाैनिया/ कैलालीको सुखडमा अवस्थित राष्ट्रिय कलेज सुखडमा आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो उम्मेदवारी दर्ता गराइएको छ ।
सभापतिमा सनेश शाही ,सचीवमा निर्मल बिक , कोषाध्यक्ष करण कामी रहेका छन।
यस्तै सदस्यहरुमा लक्ष्मी धामी ,उमा चौधरी र समीर चौधरी को उम्मेदवारी दर्ता गरिएको छ।
२०६८ साल देखि अनेरास्ववियामा क्रियाशील रहेका शाहीले राष्ट्रिय कलेजमा शैक्षिक सुधार र विद्यार्थीका हकहितका लागि आवाज उठाउँदै आएकाे र क्याम्पसको सुशासन , र गुणस्तरीय शिक्षाको तथा विद्यार्थीहरूको समग्र हितका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै शाहिले आफ्नो प्यानललाई बिजयि गराइदिन सहयोगका लागि क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आग्रह समेत गरेका छन् ।