Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिमका मुख्यमन्त्री शाह द्वारा सपथ ग्रहण

  • कैलाली दर्पण
  • शनिबार, माघ २८, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री शाह द्वारा सपथ ग्रहण

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन्। शुक्रबार उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। बिहीबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन ।

यसअघिका मुख्यमन्त्री नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।नेपाली कांग्रेस २०७९ को निर्वाचन मा सुदूरपश्चिममा सबैभन्दा ठूलो दल पनि हो ।

शाह २०२८ साल ,अछामको रामरोशन ९ तटिगैरामा जन्मिएका हुन ।उहाको बुवाको नेपाल प्रहरी मा जागीर भएकोकोले बुवा संगै कैलाली झर्नु भएको थियो । शाहले बिरेन्द्र बिधा मन्दिर टिकापुर बाट एस एल सी उतिर्ण  गरि  नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस बाट स्नातकोत्तर सम्म अध्यन गर्नु भएको छ।

शाह नेपाली काङ्ग्रेस स्व, नेता केशर सिंह कडायत बाट प्रेरणा भइ २०४४ साल नेपाली काङ्ग्रेसमा आवद्ध भइ नेबिस माबी इकाई समितिको अध्यक्ष हुँदै नेपाल तरुल दलको केन्द्रीय सदस्य ,कोषयक्ष ,र उपाध्यक्ष समेत बन्नु भएको थियो ।
नेपाली काङ्ग्रेसको १२,१३ ,१४ औंं महाअधिवेशनमा महासमिति सदस्यमा निर्वाचित हुँदै आउनु भएको छ।

शाहले मुख्य मन्त्री को सपथ ग्रहण लिए पछि आफ्नो कार्यकाल ,कृषि ,पर्यटन र रोजगारीलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ। प्रदेशमा सबै पार्टीको सल्लाह ,सुझावलाई समेटेर सबै पार्टीको साथ लिएर बिश्वासको मत समेत लिने मुख्यमन्त्री शाहले बताउनु भएको छ।
शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट नागरिक उन्मुक्ति पार्टी का महासचिव रतन थापा लाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो।

सम्बन्धित समाचार
ताजा अपडेट