बौनिया/ यहि वैशाख ३० गते हुन गाइरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको मोहन्याल गाउपालिकामा नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी बिच पालिका बाहेक बडाहरुमा मित्रबत चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
साझा गठबन्धनको शुक्रबार बसेको बैठकले पालिकाको अध्यक्ष र उपाध्याक्षमा गठबन्धनहुने र बाकि सबै वडामा मित्रवत्र चुनावी पैतिस्पर्धा हुने सहमती भएको छ । बैठकमा नेपाली काङ्ग्रेस मोहन्यालका सभापति कमल बहादुर साउद र माओवादी केन्द्रका इन्चार्ज कमल बटाला, नेकपा एकीकृत समाजवादीका इन्चार्ज भुमिन्द्र जैसी लगाएतको उपस्थिती रहेको थियो ।
केन्दीय गठबन्धनको निर्णय र मर्म अनुसार नै आफुले यो निर्णय गरीएको जनाएको छ । साझा बाट मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागी माओवादी केन्द्रका देविदत्त उपाध्याय र उपाध्यक्षमा कमल बहादुर साउद साझा गठबन्धका उम्मेदवार बनेका छन् ।
