Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाजुरामा उम्मेदवार टुंग्गो लगायो एमालेले

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ११, २०७९
बाजुरामा उम्मेदवार  टुंग्गो लगायो एमालेले

बौनिया/ बाजुरमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। पाँच गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा एमाले बाजुराले उम्मेदवार टुंग्याएको हो।

पार्टीले बडीमालिका नगरपालिका मेयरमा अमर खड्का र उपप्रमुखमा नन्दा थापालाई छनोट गरेको छ। बुढीनन्दा नगरपालिकाको मेयरमा जनककुमार बोहरा र उपप्रमुखमा मनु रोकाया बिसी, बुढिगङ्गा नगरपालिकाको मेयरमा रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुँवर, त्रिवेणी नगरपालिकाको मेयरमा मोतिसिंह बुढा र उपप्रमुखमा पार्वतीदेवी बुढालाई छनोट गरेको छ।

त्यसैगरी गौमुल गाउँपालिका अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता थापा, जगन्नाथ गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही र उपाध्यक्षमा मरुकला बिष्ट, हिमाली गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र उपाध्यक्षमा राजकला सार्की, स्वामिकार्तिक गाउँपालिकामा चतुरभुज शाही र सुलोचना भण्डारी बुढा र खप्तडछेडेदह गाउँपालिका अध्यक्षमा दिलबहादुर रावत र उपाध्यक्षमा मनदेवी ओलीलाई अगाडि सारेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट