कैलाली दर्पण
९ बैशाख सुखड । राट्रिय युवा संघ नेपालका इन्चार्ज तथा नेकपा एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेलाइ चुनौति दिने पार्टि नै नभएको बताएका छन । राट्रिय युवा संघ नेपालका घोडाघोडी नगर कमिटिले आयोजना गरेको सम्मेलनमा बोल्दै बस्नेतले एमाले एक्लेलै पनि दुइ तिहाइको बहुमत ल्याउने बताए । उनले भने,जो बलियो छ त्यो एक्ले हिड्छ जो घाइते छ त्यो सहारा लिएर हिड्छ । अहिले काग्रेस घाइतेको अवस्थामा रहेको बताउदै उनले भने, कांग्रेसले गठबन्धन मार्फत बैशाखि टेकेर हिड्न खोजिरहेको छ हामि एक्लै मैदानमा छौ ।
बस्नेतले आगमी वैशाख ३० गते एकीकृत समाजवादी र माओवादी केन्द्रको हज्जास्पत हार हुने बताए ।
‘एकीकृत समाजवादी र माओवादी केन्द्र भन्ने पार्टी अहिले गठबन्धनका नाममा कांग्रेसको टाङ मुनि पसेका छन् । उनीहरूले जे गरे पनि जति गरे पनि जनताले बुझिसकेका छन्’ बस्नेतले भने उनीहरूको चुरीफुरी अहिले मात्रै हो । निर्वाचन पछि सबै पत्ता साफ हुन्छन् ।’
गठबन्धनका दलहरू बिच महानगरपालिका र उपमहानगरपालिकामा भएको तालमेलले उनी बिच नै रुष्टता पैदा भएको भन्दै अहिलेबाटै गठबन्धनका दलहरू बिच विवाद उत्पन्न भइरहेको बताए ।
माओवादी केन्द्र र समाजवादीले ठुलो भाग खोजेर कांग्रेससँग तालमेल गर्न गएपनि उनीहरूलाई कांग्रेसले पेल्दै गएको बताए । २०७४ सालको स्थानीय तहमा एमालेले ४० प्रतिशत दिएको माओवादीको वास्तविक हैसियत अहिले देखिएको बताए ।
‘२०७४ सालमा एमालेले ४० प्रतिशत दिएको थियो । तर, उनीहरूले ३० प्रतिशत क्षेत्रमा मात्रै विजयी भएका थिए’ उनले भने ‘कुकुरलाई घिउ पच्दैन भन्दै जस्तै माओवादीलाई एमालेकोको सद्भाव नपचेको हो ।’
केपी ओली नेतृत्वको सरकारले गरेका कामहरू पनि अहिलेको सरकारले निरन्तरता दिन नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे । विगतमा एमालेकै सरकारले ५८ हजार सुकुम्वासीले जग्गा पाएको उल्लेख गर्दै उनले अहिले २० लाख सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने ओली नेतृत्वको सरकारको योजना वर्तमान सरकारले विफल पारेको जनाए ।
कार्यक्रममा बोल्दै राट्रिय युवा संघ नेपालका अध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य किरण पौडेलले आउदो स्थानिय तहको निर्बाचनमा दुइ तिहाइ बहुमतका लागि युवाहरु परिचालन गरेको बताए । उनले भने, राजतन्त्रले गर्न नसकेको काम के पि ओलिले गरेका छन । ब्यवसायमा अगाडि बढ्नका लागि ,युवाहरुलाइ उद्यमि बनाउनका लागि युवा लक्षित काम गर्नका लागि नेकपा एमाले अगाडि छ ।
सम्मेलनले नगर कमिटि समेत घोषणा गरेको थियो । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापाले कमिटि घोषणा गरेका थिए ।


जसको अध्यक्षमा होम तामाङ,उपाध्यक्षमा विशाल खड्का,सचिबमा सुर्य कार्कि,उपसचिब सञ्चिता चौधरी,कोषाध्यक्ष पुजा सापकोटा लगायत ४१ सदस्य रहेका छन । कार्यक्रममा नेकपा एमाले कैलाली जिल्ला उपसचिब ममता प्रसाद चौधरी,घोडाघोडी नगर कमिटि अध्यक्ष बख्त शाहि लगायतकाले बोलेका थिए । बिभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल सुदुपश्चिम प्रदेश कमिटि सचिब ईन्दु केसिले गरेकि थिइन ।