Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले कैलालीका निर्बाचित पदाधिकारी र सदस्यहरुले सपथ लिए

  • कैलाली दर्पण
  • बिहिबार, पुस २९, २०७८
नेकपा एमाले कैलालीका निर्बाचित पदाधिकारी र सदस्यहरुले सपथ लिए

धनगढी – नेकपा एमाले कैलालीको हालै सम्पन्न ८ औँ अधिबेशनबाट निर्बाचित पदाधिकारी र सदस्यहरुले सपथ लिएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनिहरुले सपथ लिएका हुन । सपथ ग्रहण समारोहमा प्रमुख अतिथी एमालेका केन्द्रिय सचिब एबम पार्टीका इन्चार्ज लेखराज भट्ट । कार्यक्रममा अध्यक्षमा पराजित रण बहादुर चन्द र सचिबमा पराजित दान बहादुर बिकलाई पनि बोल्न दिइएको थियो ।

अध्यक्षमा पराजित रण बहादुर चन्दले राजनीतिक रुपमा आफु बिजयी भएको दाबी गरे । उनले मन्चमा बसेका प्रदेश इन्चार्ज भट्ट माथि आफुलाई सहयोग नगरेको आरोप समेत लगाए । ‘मलाई सुदुरपश्चिमको मुल नेत्रित्वले किन सहयोग गरेन के कति कारणले हो त्यो समिक्षा होला,’ चन्दले भने ,’ म सँग पैसा छैन भनेर हो कि , म कुन ठाउँमा जन्मे भनेर हो कि ,म कुन परिवारमा जन्मे भनेर हो कि के कारणले हो त्यो पत्ता पाउन सकिन । मैले कुन कारणले साथ पाउन सकिन त्यसको समिक्षा हुँदै गर्ला ।’ उनले आफुलाई कार्यकर्ताको अघात माया रहेकाले आगामी दिनमा पनि त्यो साथ रह्ने विश्वास गरे ।

सचीव पदमा पराजित दानबहादुर बिक ले आफू पार्टीको कार्यकर्ता भएको ले आफुले हार सहजै स्विकार्दै पार्टी निर्माणकार्य लागि आगामी दिनमा पार्टीले तोकेको जिम्मेवारी रहि निरन्तर लागि रहने बताउनुभयो ।उनको जिज्ञासाको उत्तर दिँदै इन्चार्ज भट्टले आफुले कसैको पक्ष नलिएको जिकिर गरे । पार्टी अध्यक्षको भाबना अनुसार सहमती मै नेतृत्व चयन गर्ने आफ्नो चाहाना रहेको थियो । ‘मैले यँहाका सबै नेता र निर्बाचन मन्डलका साथीहरुलाई मिलाएर आउनुस भनेको थिए ,’भट्टले भने,’ कसैलाई इन्चार्ज को सहयोग पाएन भन्ने लागेको छ भने आत्म समिक्षा गर्नुस मैले कसैलाई अध्यक्ष नबानुहोस भनेको दबाब दिएको लागेको छ भने म जुन सुकै मन्चमा आत्म आलोचित हुन तयार छु ।

 

पार्टी नेतृत्व को निर्वाचन आगामी दिन हरुमा पैसामा तौलेर निर्वाचनमा भाग नलिन आग्रह समेत गर्नु भएको छ। इन्चार्ज भट्टले निर्बाचन पछि पनि पार्टीलाई एक ढिक्का बनाउने सबैको जिम्मेवारी रहेको बताए । नव निर्वाचित जिल्ला कमिटी कस अध्यक्ष रतन थापाले आठौं जिल्ला अधिवेशन बाट निर्वाचित जिल्ला कमिटी सबैले निर्वाचनमा भएको समूह बिभाजन निर्वाचन पछि अन्त्य गर्नुपर्ने बताउनुभयो ।

आफुले सबैलाई समेटेर पार्टी बलियो र पुरानो अबस्थामा फर्काउन जिल्ला कमिटी को दोस्रो बैठकद्वारा निर्णय गरि ३ महिना पार्टी निर्माणकार्य योजना बनाइ पार्टी निर्माणको अभियान तम मन धन लगाएर सबैले जुटनु पर्ने बताउनु भएको छ। कार्यक्रम केन्द्रीय केन्द्रीय तथा पुर्व मन्त्री हरु गौरीशंकर चौधरी ,लिला भन्डारी ,केन्द्रीय सदस्य कमला ओलि ,सन्तोशी शर्मा लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।१ सय ५१ सदस्य जिल्ला कमिटी निर्वाचनको प्रक्रिया ४८ जना महिला सदस्य भने निरबिरोध निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट