बौनिया /कैलालीको बर्दगोरिया ४ मुडा बजार निवासी नेपाली काङ्ग्रेसका सक्रिय कार्यकर्ता मीन बहादुर बमले आज शनिबार प्रेस बिज्ञयप्ती जारी गर्दै नेपाली काङ्ग्रेसको साधारण सदस्य नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ।
उहाँ २०४७ साल देखि नै नेपाली काङ्ग्रेसमा आवद्ध हुनु हुन्थ्यो । नेपाली काङ्ग्रेस १३ औ महाअधिवेशन बाट नेपाली काङ्ग्रेसको क्रियासिल सदस्यता प्राप्त गर्नु भएको हो।
उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउपालिका वडा नम्बर ४ बाट नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार भइ ५ सय १२ मत प्राप्त गरि दोस्रो स्थानमा हुनुहुन्थ्यो ।कैलाली क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमिति पार्टीको बिधि बिधान बिपरित ,आफ्नो मनोमानी ढंग बाट संचालन भएको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो । अहिले स्वतन्त्र नागरिक भएको छु ।अब स्थानीय तहको निर्वाचन सक्षम ,योग्य ,जन प्रिय उम्मेदवारलाई सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
