Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दुल्लु नगरपालिका मेयरमा एमालेबाट रुद्र बिक्रम शाही सर्बसम्मत सिफारिस

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख १, २०७९
दुल्लु नगरपालिका मेयरमा एमालेबाट रुद्र बिक्रम शाही सर्बसम्मत सिफारिस

बौनिया/ कर्णाली प्रदेशको दैलेख जिल्लाको एतिहासिक महत्व बोकेको दुल्लु नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेका तर्फबाट प्रभावसाली युवा नेता कर्णाली प्रदेश कमिटी सदस्य रुद्र बिक्रम शाहीलाई दुल्लु नगर कमिटीले नगर प्रमुख पदका लागि सर्वसहमत सिफारिस गरेको छ।

नगर प्रमुख पदका लागि सहमति नजुटे पछि नगर कमिटीमा मतदान प्रक्रिया बाट उम्मेदवार टुङ्गो लगाउने विधि अपनाइएको थियो। मतदानमा रुद्र बिक्रम शाहीले सबैभन्दा बढी ७२मत मध्य ५६ मत प्राप्त गर्नु भएको थियो ।

नगर कमिटी अध्यक्ष हर्कबहादुर खडकाले ३२ मत जिल्ला कमिटी सचिव तिलक रिजालले १९ मत उप सचिव गङ्गाराम दाहालले १० मत र डा. रमेश प्रशाद आचार्यले ५ मत प्राप्त गर्नु भएको थियो। कपिल खनालको पक्षमा मत खसेन शाहिले बहुमत पाए पछि शाहिलाइ सबै आकान्क्षी हरुले समर्थन गरे पछि नगर कमिटिले शाहिलाइ सर्वसमत उम्मेदवार सिफारिस गरेको हो।

शाहीको राजनीति पृष्ठभुमि २०४३ साल हाल दुल्लु नगरपालिका ६ छिउडी पुसाकोट्मा जन्मिनु भएका शाहिले बिजया माध्यमिक बिधालय दुल्लुमा हाइ स्कुल अध्ययनको क्रममा २०५८ सालमा अनेरास्ववियुको माबी प्रारम्भिक कमिटीको अध्यक्ष र ०६० साल उमाबी प्रारम्भिक कमिटीको जिम्मेवारीमा रहि काम गर्नु भएको थियो।अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र उपाध्यक्ष र अनेरास्ववियु को केन्द्रीय सदस्य जिम्मेवारी रहि संगठन बिस्तार र विद्यार्थीहरुको हकहित लागि ओकालत गर्दै आउनु भएको थियो ।

पार्टीको २ पटक जिल्ला कमिटी सदस्य ,पार्टीको नवौं र दशौ रास्टिय महाअधिवेसन प्रतिनिधि र बिधान महाअधिवेसन प्रतिनिधि भएर सहभागी हुनु भएको थियो।शाहिले त्रिभुवन विश्व बिधालय बाट राजनीति शास्त्र बाट एम र समाज शास्त्र बा एम एड गर्नु भएको छ।शाही कानुन बाट एल एल पनि गर्दै हुनु हुन्छ ।

शाही २०७४ सालको स्थानीयतहको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गरि १ नम्बर नाम सिफारिस गरिएको थियो। तर पछि पार्टीले बरुण नाथ योगीलाई उम्मेदवार थियो ।

दुल्लु नगरपालिकाका १३ वटा वडा मध्य उप प्रमुख सहित ८ वटा वडामा नेकपा एमालेले बिजयी हासिल गरेको थियो। समाज परिवर्तनमा सकारात्मक सोच ,ईमानदार ,सक्रिय युवा नेताका रूपमा शाही दुल्लु क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट