बौनिया/ स्थानीय तह निर्वाचनको मिति आयोगले आउँदो बैशाख ३० गतेलाई तोकिसकेको छ । जस अनुरुप देशमा रहेका राजनीतिकदल यति खेर निकै दौड धुपमा रहेका छन् ।नेता कार्यक्रता विच भेटघाट बाक्लिएको छ । जनतालाइ कसरी आफु तिर आकर्षित गर्न सकिन्छ भन्ने पक्षमा नेता कार्यक्रता लागि परेका छन् ।
यस्तै मोहन्यालको अध्यक्षमा ४ जना आकान्क्षी नेकपा माओवादीकेन्द्र बाट कैलालीको दुर्गम पहाडी मोहन्याल गाउपालिकाको अध्यक्ष पदका ४ जनाले अध्यक्ष पदका उम्मेदवार आकान्क्षी देखीएका छन् ।
आकांक्षीहरुमा गाउकमिटी अध्यक्ष देविदत्त उपाध्याय ( हिम शिखर ) गाउ कमिटी इन्चार्ज कमल बटाला ,,प्रदेश कमिटी सदस्य टीकासरि बुढामगर र जिल्ला कमिटी सदस्य भिम बहादुर बिक ( हिमाल ) रहेका छन् । २०७४ स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका आकांक्षी देविदत्त उपाध्याय पछि २ नम्बर वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र बाट नै निर्वाचित हुनु भएको थियो