Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले कैलालीमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

  • कैलाली दर्पण
  • सोमवार, पुस २६, २०७८
नेकपा एमाले कैलालीमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेकपा एमाले कैलालीमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ । १५० पदमा १ ३२९ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचीवमा दान बहादुर बिक र डेजि पाण्डेको उम्मेदवारी छ । उपसचिबमा मदन ओझा प्रेम चौधरी ममता चौधरी लोकेन्द्र साही र बिनय शाहको उम्मेदवारी परेको छ । १२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ खुल्ला तर्फ १२ महिना निर्बिरोध निर्वाचन भएका छन् । भुगोल तर्फ १ बाट २५ जना २ बाट ३१ जना ३ बाट २०जना ४ बाट ३०र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ । ५ वटै निर्वाचन क्षेत्र बाट भुगोल महिला ५/५ जनाका दरले २५ जना निर्बिरोध निर्वाचन भएका छन् । जनजाति तर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिला तर्फ २ जना निर्वाचित भइसकेका छन् । दलित तफ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारु तर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ ।राना थारु तर्फ ५ महिला निर्बिरोध निर्वाचन भएका छन् । पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ ।१ पदमा महिला निर्बिरोध भएका छन् । मजदुर तर्फ पुरुष र महिला गरि ३ जना निर्वाचन भए। दलित तर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिला तर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ । अपाङ्ग तर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ ।

सम्बन्धित समाचार
ताजा अपडेट