बौनिया / नेपाली काङ्ग्रेस मोहन्याल गाउँ कार्यसमिति संगठन बिस्तार र सुदृढीकरणमा जुटेको छ । स्थानीय निकायको निर्वाचन तोकिएसंगै काङ्ग्रेसले मोहन्याल गाउँपालिकामा आफ्नो संगठन बिस्तार र “घर घर जाउ काँग्रेस जिताउ”अभियानलाई तीब्र पारेको हो ।
यसैक्रममा शनिबार नेपाली काँग्रेस मोहन्याल गा पा वडा नं २ को वडा कार्यसमितिद्वारा गानीगाउँमा “घर घर जाउ काँग्रेस जिताउ” तथा टोल कार्यसमिति गठन कार्यक्रम सम्पन्न भएको छ ।

लाल बहादुर दर्लामी मगरको सभापतित्वमा १९ सदस्यीय टोल कार्यसमिति गठन भएको छ । वडा सभापति ठक्कर जौसीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति काँग्रेस महाधिवेशन प्रतिनिधि भिम ब. तंलामी मगर, विशिष्ट अथितिमा पुर्ब जि बि स सदस्य लोकेन्द्रबहादुर बडुवाल रहनुभएको थियो ।
यस्तै अथितिहरुमा काँग्रेस मोहन्याल गाउँ कार्यसमिति उपसभापतिद्वय मान ब. मास्की मगर र अशोक थापा,सचिब भरत कुमार शाही र शेर बहादुर घर्ति लगायतको उपस्थिति रहेको थियो।

साथै सो कार्यक्रममा एक जनाले नेकपा माओबादी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन।