नेकपा एमाले कैलाली जिल्ला कमिटी सचिवालय सदस्य कर्मठ युवा नेता डेजी पान्डेले पार्टी लाई सशक्त सुदृढीकरण गरी अझ बलियो पार्टी निर्माणकार्य का लागि नेकपा एमाले को सातौ जिल्ला अधिवेशनमा चन्द समुह बाट सचिव पदमा उम्मेदवारी दिनु भएको छ। २०४८ सालमा रघुनाथ आर्दश नमुना माध्यमिक बिध्यालय बौनियामा कक्षा ८ अध्ययन को क्रममा अनेरास्ववियुमा आवद्ध भइ प्रारम्भिक कमिटी अध्यक्ष को जिम्मेवारी सम्हालेर नेकपा एमाले जोडीनु भएको हो ।विद्यार्थी राजनीति यात्रा सुरु गर्नु भएको हो।२०५० कैलाली बहुमुखी क्याम्पस को इकाई संयोजक २०५१ मा अनेरास्ववियुको ईलाका सचिव हुँदै जिल्ला कमिटी सदस्य को जिम्मेवारीमा रहेर अनेरास्ववियुको जिल्लाभर संगठन बिस्तार गर्नु भएको थियो । २ कार्यकाल अनेरास्ववियुको केन्द्रिय कमिटीको सदस्यको जिम्मेवारीम रहि देशभर संगठन बिस्तारमा निरन्तर लाग्नु भएको थियो ।२०५७ सालमा अनेरास्ववियुको तर्फबाट कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थी हरुको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा अत्यधिक मतले बिजयी भइ विद्यार्थी हरुको हकहितमा बकालत गरेर युवा माझ लोक प्रिय बन्न सफल रहनु भएको थियो ।नेकपा एमालेको छैटौ र सातौं जिल्ला अधिवेशनमा जिल्ला कमिटीको सदस्य पदमा निर्वाचित भै कैलाली क्षेत्र नम्बर २ को इन्चार्जको जिम्मेवारी सम्हालेका पार्टी कमिटी हरुलाइ चुस्त दुरुस्त सक्रिय बनाइ परिचालन गर्नु भएको थियोे । राजनीति शास्त्र ,समाज शास्त्र र कानुनीमा स्नातकोत्तर गरेका पान्डे निडर ,हक्की र स्पस्ट बक्ता हुन ।अध्यक्ष पदमा दावी गर्दै आउनु भएका पान्डे अन्त्यमा चन्द समूह बाट सचिव पदको उम्मेदवारी दिइएकोले अधिवेशनमा सहभागी प्रतिनिधि ,अग्रज नेतालाई आफुलाइ मतदान गरि बिजयी गराउन अपिल गर्नु भएको छ।