Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलालीको एमाले पार्टी निर्माणमा ३१ बर्ष समय खर्चिएका प्रदेश सभा सदस्य थापा

  • कैलाली दर्पण
  • आइतवार, पुस २५, २०७८
कैलालीको एमाले पार्टी निर्माणमा ३१ बर्ष समय खर्चिएका प्रदेश सभा सदस्य थापा

लिलाजङ्ग शाही / कैलालीको एमाले पार्टी निर्माणकार्य ३१ बर्ष उर्जावान समय खर्चिएका प्रदेश सभा सदस्य थापा कैलाली एमालेको अध्यक्ष पदको उम्मेदवार २०४८ साल प्रजातान्त्रिक युवा संघ बाट राजनीति यात्रा सुरुवात गर्नु भएको थापा ,बलिया गाउँ कमिटी सचिव हुँदै ,ईलाका सचिव ,जिल्ला कमिटी सदस्य को जिम्मेवारी लिइ पार्टी निर्माणकार्यमा अतुलनीय योगदान गर्नु भएको छ।कैलाली मात्र नभएर सुदूरपश्चिमको राजनीतिमा स्वच्छ छवि लोकप्रिय बनेका थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भयर पनि सामाजिक क्षेत्रमा बिकास निर्माण गर्नु भएको छ।

पक्षमा बहुमत प्रतिनिधि रहेको बताइन्छसचिव भए३ कार्यकाल जिल्ला कमिटी सदस्य र बलिया ईलाका को इन्चार्ज लगत्तै उनी छैटौं जिल्ला अधिवेशनमा जिल्ला क्षेत्र नम्बर २ को इन्चार्ज सातौँ जिल्ला अधिवेशन बाट उपाध्यक्ष । विशेषः युवा र जेष्ठ नागरिक सबैका कैलालीमा नेकपा एमालेको राजनीतिलाई जोगाउन र सुदृढ पार्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पूराना नेताहरु बताउँछन् । समूहगत निर्णयको भावनाबाट प्रेरित चन्द सबैलाई समेटेर लैजानुपर्छ भन्ने मान्यताका भएको उनीहरुको भनाइ छ ।

थापाले ले पार्टीको आन्तरिक एकता र सुदृढिकरणमा आफू सदैव प्रतिबद्ध रहेको बताएका छन् । ‘मैले आफ्नो जीवनका उर्वर ३१ बर्ष सम्म कैलालीमा पार्टी निर्माण, संगठन विस्तारमा र सामाजिक क्षेत्रमा लागीरहेको र अहिलेको नेतृत्वले पार्टीलाई ससक्त बनाइ पार्टी सन्कट परेको पार्टी लाई अझ पनि अहोरात्र खटी जिल्ला कमिटी ,जन वर्गीय संघसंगठन परिचालन गरि पार्टी बिस्तार गरेको बताउनुभयो महाधिवेशन प्रतिनिधिले पार्टीको नेतृत्व गर्ने अवसर दिएमा अगामी ग्रामीण क्षेत्र का प्रत्येक घरमा १ महिला सहित कम्ती २ युवा पुरुष लाई सङ्गठित सदस्य कार्यकर्ता निर्माण को अभियान चलायर पार्टी बिस्तारमा अहोरात्र खटन प्रतिबद्धता जनाउनु भएको छ।

आगामी तिनै तहका निर्वाचनमा पार्टीको तर्फबाट उठाइएका उम्मेदवार लाई निर्वाचनमा बिजयी गराउइ पार्टीलाई पहिलो पार्टी बनाउने मुख्य उदेश्य रहेको अध्यक्ष पदका उम्मेदवार बनेको थापा बताउँछन् । अब पार्टीक नेतृत्वमा युुवाहरु आउनुपर्छ भनेर उम्मेदवारी दिएको धारणा राख्दैपार्टी का अग्रज नेता को सल्लाह सुझाव लियर आफू हरेक युवाको एजेण्डा बोकेर तयार हुने र सक्रिय युवा हरुलाई उचित स्थान दिने प्रतिबद्धता थापा ले व्यक्त गरेका छन् । पार्टी युवा लक्षित नीति कार्यक्रम बनाइ श्रमजीवी सर्वहारा जनताका लागि जनमुखि कार्यक्रम ल्यायर जनताको घरमा घरमा पार्टी को सिद्धान्त र बिचार पुर्याउने समेत योजना रहेको थापाले बताउनुभयो ।

सबै कमिटी लाई नेतृत्व र ब्यक्तितब बिकास पार्टी विधि र बिधान अनुसार चुस्त दुरुस्त र सकृय बनाउन १३ वटै स्थानीय तहमा निर्देशन गरिनेछ। सामूहिक निर्णय र समझदारीका आधारमा पार्टीका हरेक गतिविधि सञ्चालन गर्ने, पार्टीले अपनाएको जनताको बहुदलीय जनबादको सिद्धान्तअनुसार पार्टीलाई अगाडि बढाउने, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्बरको पार्टी बनाउन आवश्यक रणनीतिसहित अभियान चलाउने योजना पनि आफूसँग भएको उनको भनाई छ । महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो अमूल्य मत दिएर निर्वाचन गराउन अपिल गर्दै थापा मतको अवमूल्यन हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् । आफू अमुल्य मत दिई बिजयी गराउनका लागि पार्टी का अग्रजनेता अधिवेशन प्रतिनिधि ,युवा पुस्तालाई हार्दिक अपिल गर्नु भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट