Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

क्षेत्रीय सहसचिवमा युवा नेता बीसीको सशक्त दाबी

  • कैलाली दर्पण
  • सोमवार, अशोज १२, २०८३
क्षेत्रीय सहसचिवमा युवा नेता बीसीको सशक्त दाबी

बौनिया/नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नं.-२ मा मंगलबार क्षेत्रीय कार्यसमितिको निर्वाचन हुँदैछ ।निर्वाचनसँगै नयाँ नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दिएका आकांक्षीहरूको चुनावी दौडधुप तीव्र बनाएका छन।

एक मात्रै पद रहेको क्षेत्रीय सहसचिवमा उम्मेदवारी दिएका नेता गोविन्द बहादुर बुढाक्षेत्री सहसचिव बन्ने दौडमा छन् ।

युवानेता बीसीले विगतमा पार्टीको भातृ तथा शुभेच्छुक संस्था नेपाल शिक्षक संघ र प्रेस युनियनका स्थानीय कार्यसमितिमा रहेर काम गरेको अनुभव छ । पत्रकारिता र राजनीतिशास्त्रमा अध्ययन गरेका उनले पार्टीको वडा कार्यसमिति सचिव र बर्दगोरिया गाउँ कार्यसमिति सचिवमा एक कार्यकाल पूरा गरिसकेका छन् ।

युवा नेतृत्वको सम्भावना, संगठनको रणनीति र राष्ट्रिय हितप्रति स्पष्ट दृष्टिकोण बोकेका नेताका रुपमा चिनिन्छन् ।
उनले कांग्रेस पार्टीमा आफ्नो पुर्खाको समेत राजनीति विरासत र योगदान रहेकोे बताएका छन् ।पू्र्खाले कहिल्यै पनि पद र प्रतिष्ठा लडाइँ लडेनन् । उनले भने, देश पछिल्लो विकसित राजनीतिक घटनाक्रमले युवा प्रतिनिधित्वको सशक्त माग बढेको बताए । उनी कुशल संगठनकर्मी र युवा राजनीतिमा उदाउँदो अनुहारका रुपमा परिचित छन् ।

नीतिगत र भावी दृष्टिकोण

उच्च शिक्षा अध्ययनका क्रममा वि.सं. २०६२ मा नेपाल विद्यार्थी सदस्यता प्राप्त गरि राष्ट्रिय उच्चमावि सुखडको एकाई कमिटीबाट राजनीतिक यात्रा थालनी गरेका थिए ।उनको पार्टीको राजनीतिक संगठन सुदृढीकरणका लागि तल्लो तहदेखि नै नेताकार्यकर्ताको योगदान, दु:ख र त्यागको मूल्यांकन गरिनुपर्ने बताए ।

नेतृत्वको दृष्टिकोण केवल संगठनको सुदृढीकरणमा सीमित छैन । उनले प्रष्ट रणनीति र योजनाहरू मार्फत समावेशी, डिजिटल, प्रगतिशील रुपमा राष्ट्र र राष्ट्रियताको सवालमा केन्द्रित भएर आवाज बुलन्द गर्नुपर्छ ।
उनी अनुभव, दृष्टिकोण, निष्ठा र त्यागको मूल्यांकन गर्दै क्षेत्रीय सहसचिव पदमा सबैभन्दा सशक्त उम्मेदवारका रूपमा अगाडि देखिएका छन् ।

चारजना प्रतिस्पर्धीका बीचमा आफूलाई सबै नेताकार्यकर्ताको माया, विश्वास भरोसा र समर्थन रहेकाले विजय सुनिश्चित भएको बताएका छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट