बाैनिया/ नेपाली काँग्रेस मोहन्याल गाउँ कार्यसमितिको आयोजनामा गाउँ कार्यसमितिका पदाधिकारीहरुको बैठक फागुन २८(शनिबार) बस्ने भएको छ । गाउँ कार्यसमितिका सचिब भरत कुमारी शाही द्वारा हस्ताक्षर गरिएको सुचनामा उक्त पदाधिकारी बैठकमा गाउँ कार्यसमितिका पदाधिकारीहरु र वडा सभापतीहरुलाई निमन्त्रणा गरिएको छ । 
संगठनलाई मजबुत,बलियो र सशक्त बनाउने क्रममा टोल कार्यसमिति गठन कार्यक्रमको समीक्षा,आगामी कार्यक्रम, “घर-घर जाऊ,काँग्रेस जिताउ” राष्ट्रिय अभियानको सफल कार्यन्वयन गराउने लगाएत बिबिध बियमा छलफल हुने छ। नेपाली काँग्रेस मोहन्याल गाउँ कार्यसमिति सचिब शाही ले कैलाली दर्पण लाई जानकारी दिनुभएको हो।