कैलाली। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत घोडाघोडी नगर कार्यसमितिको सभापति पदका लागि लालबहादुर शाहीले उम्मेदवारी घोषणा गरेका छन्।
हालै सम्पन्न वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै शाहीले आगामी असोज ७ गते हुने नगर अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणासँगै शाहीले घोडाघोडी नगरपालिकाभित्रका विभिन्न वडाबाट चयन भएका प्रतिनिधिहरूसँग सहयोग र समर्थनको अपेक्षा व्यक्त गरेका छन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, एकताबद्ध र सक्रिय बनाउने लक्ष्यसहित नेतृत्वका लागि आफू अघि बढेको बताएका छन्।
महाधिवेशनको प्रक्रियासँगै घोडाघोडी नगरपालिकामा नेतृत्व चयनको विषयले राजनीतिक चासो बढेको छ। विभिन्न पदमा आकांक्षीहरू सक्रिय भइरहेका बेला नगर सभापति पदका लागि शाहीको उम्मेदवारी सार्वजनिक भएपछि कांग्रेस वृत्तमा यसको चर्चा सुरु भएको छ।शाही घोडाघोडी जेसीज का सस्थापक अध्यक्ष र वन पैदावर पर्यावरण संघ कैलाली का महासचिव समेत शाही पार्टी संघसंगठन मा सक्रिय हुदै आएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यतालिकाअनुसार वडा अधिवेशन सम्पन्न भइसकेको छ भने आगामी चरणअन्तर्गत नगर अधिवेशन असोज ७ गते हुने कार्यक्रम रहेको छ। नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुने छन् ।
शीर्षक