Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

काङ्ग्रेस कैलालीको दोस्रो चरणको मतदानमा ;शेखर कोइराला समूहको भट्टलाई समर्थन

  • कैलाली दर्पण
  • बिहिबार, फाल्गुन १९, २०७८
काङ्ग्रेस कैलालीको दोस्रो चरणको मतदानमा ;शेखर कोइराला समूहको भट्टलाई समर्थन
 बौनिया / आसन्न नेपाली काङ्ग्रेस कैलालीको १४ औं जिल्ला अधिवेशन बाट सभापति चयनका क्रममा दोस्रो चरणको मतदानमा नेता शेखर कोइराला समूहले सभापतिका उम्मेदवार नारायणदत्त भट्टलाई समर्थन गरेको छ । बुधबार लम्कीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस इतर पक्षले सभापतिमा भट्टलाई मतदान गर्ने निर्णय गरेको हो ।
लम्किमा पत्रकार सम्मेलनमा जानकारी गराउदै नेपाली कांग्रेस कोइला पक्षका नेता कमल बहादुर शाहले इतर पक्षको आधिकारिक निर्णय भएकोेले सबैले भट्टलाई मतदान गर्न आग्रह गर्नुभयो । सभापतिका उम्मेदवार भट्ट र शाहबीच सात बुदे सहमति समेत भएको छ । संस्थापन पक्ष र इतर पक्ष दोस्रो चरणमा एक भएर गएमा जित निश्चितजस्तै भएको इतर पक्षका नेता देवानन्द जैसीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू रामजनम चौधरी ईश्वरी न्यौपाने ,जानकी शिह ,रण बहादुर रावल ,महासमिति सदस्य मोहन सिह राठौर,भक्त बहादुर थापा,हेम बहादुर रावल ,अरुण चौधरी ,प्रदेश उप सभापति जनकराज चौधरी लगायत नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
फाल्गुन १५ गते भएको निर्वाचनमा सभापति पदका उम्मेदवारहरू प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल कसैले पनि विधानको व्यवस्थाअनुरुप ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि (बिहीबार) दोस्रो चरणको मतदान हुदैछ ।
भट्टलाई संस्थापन (देउवा) पक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । बम पनि संस्थापन पक्षकै हुन् । कलेल शेखर समूहबाट उम्मेदवार रहेका थिए । पहिलो चरणको मतदानमा बमले एक हजार एक सय ६९ मतसहित पहिलो स्थान प्राप्त गरेका थिए ।
भट्ट एक हजार ६४ मतसहित दोस्रो र कलेल एक सय ९७ मतसहित तेस्रो स्थानमा रहेका थिए । दोस्रो चरणको निर्वाचनमा बम र भट्टबीच कडा प्रतिस्पर्धा हुदैछ । बम लाई पुर्व राज्य मन्त्री चन्द्र सिह भट्टराई ,प्रदेश महामन्त्री नर नारायण शाह ,पुर्व सभासद बुद्धि सागर चौधरी ,पुर्व उप सभापति वीर बहादुर हमालको समर्थन रहेको छ।,

सम्बन्धित समाचार
ताजा अपडेट