१७ फागुन/कैलाली निर्वाचन क्षेत्र नं.-२ मा नेपाली काङ्ग्रेसले लम्किमा भब्य र्याली सहित शक्ति प्रदर्शन गरेको छ । काङ्ग्रेसको पक्षमा उर्लिएको जनलहरले चुनावी माहोल थप तताएको छ ।
चुनावी र्यालीमा हजारौंको संख्यामा जनताहरु देखिएका छन । सहभागीहरूले बिजय बहादुर स्वार जिताउ भन्दै नाराबाजी समेत गरेका थिए । जुलुसमार्फत पार्टीप्रतिको विश्वास प्रकट गर्दै यस पटकको निर्वाचनमा काङ्ग्रेसको जित सुनिश्चित हुने दाबी गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै बिभिन्न वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्बाचनका लागि विकास निर्माणका मुख्य एजेन्डाका विषयमा धारणा राखेका थिए ।
उनीहरूले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, भ्रष्टचार नियन्त्रण, सुशासन र समृद्धिका लागि नेपाली काँग्रेस पार्टीका उम्मेदवार बिजय बहादुर स्वाँरलाई बलियो उम्मेदवारको रुपमा पार्टीले प्रस्तुत गरेको र अत्याधिक बहुमतका साथ बिजयी गराउन अपिल गरेका थिए ।
यस्तै सभालाई सम्बोधन गर्दे उम्मेदवार बिजय बहादुर स्वाँरले गत भदौं २३ र २४ को जनभावनालाई अंगिकार गरि अघिबढेको एकमात्र पार्टी नेपाली काँग्रेस रहेको दाबी गरे । बदल्यौ काँग्रेस बदल्छौं देश भन्ने मुल नाराका साथ नेपाली काँग्रेस देशभरी उर्बर रुपमा अगाडी बढेको बताए । स्वाँरले आफूलाई ‘नेता’ भन्दा पनि जनताको ‘सेवक’ को रूपमा प्रस्तुत गर्दै, उनले भने “हामी नेता होईनौ यस क्षेत्रको समग्र बिकासका लागि सम्पुर्ण नागरिकको कामगर्ने सेवक हो ।
आफु यहि क्षेत्रमा जन्मेको यहि क्षेत्रको माटोले बनेको शरिर अब यसै क्षेत्रको माटो समुदाय र जनताको सेवामा खटिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

