Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले कैलाली जिल्ला कमिटीको सदस्य पदमा ओलिको उम्मेदवारी घोषणा 

  • कैलाली दर्पण
  • बिहिबार, पुस २२, २०७८
नेकपा एमाले कैलाली जिल्ला कमिटीको सदस्य पदमा ओलिको उम्मेदवारी घोषणा 

लिलाजङ्ग शाही / नेकपा एमाले जिल्ला कमिटी सदस्य युवा नेता टन्क राज ओलीले नेकपा एमालेको आसन्न ८ औ जिल्ला अधिवेशनमा जिल्ला गुठ रहित राजनीति र एकताको संघार त्यसलाई जिवित राख्न टंक ओलि को उम्मेदवारी भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ।

अनेरास्ववियुको विद्यार्थी राजनीति बाट आफ्नो समाजसेवा सुरुवात गरेका ओलि बर्तमान जिल्ला कमिटी सदस्यमा यहि भाद्र महिनामा मनोनीत हनु भएको थियो नेकपा एमाले बर्दगोरिया गाउँ कमिटी सचिव र नेकपाको पनि गाउँ कमिटी को सचिवको जिम्मेवारीमा रहेर गाउँ पालिका का ६ वटै वडा हरुमा पार्टी बिस्तारमा ओलिको महत्त्वपूर्ण भुमिका रहेको छ। वडा नम्बर ३ बाट स्थानीय तह को जन प्रतिनिधि समेत रहेका ओलि विभिन्न समाजिक संघ सस्थाको नेतृत्वमा पनि रहेर सामाजिक क्षेत्र उल्लेखनीय योगदान समेत गर्नु भएको छ।

बिश्व का श्रमजीवी मजदुर एक हौ । भन्ने कम्युनिस्ट पार्टी को नारा लाई आफुले आत्म साथ गर्दै पछील्लो समय पार्टी भित्र गुटबन्दीको अन्त्य गरि पार्टी लाई एकता बद्ध बनायर लैजाने आफ्नो मुख्य योजना रहेको ओलिको दावी छ। एक घर ३ संगठित पार्टी सदस्यता निर्माण गरि बर्दगोरियामा नेकपा एमाले लाई पहिलो पार्टी बनाउने उदेश्य आफ्नो जिल्ला कमिटीको सदस्य पदमा उम्मेदवारी दिने भएकोले पार्टी अग्रज नेता ,अधिवेशनमा सहभागी प्रतिनिधिहरु ,युवा पुस्ता सबैमाग अनुसार पुनः सदस्य पदमा उम्मेदवार बनेको बताउनुभयो ।पार्टीले श्रमजीवी ,सर्वहारा कार्यकर्ताका लागि जन मुखी निति तथा कार्यक्रम बनाइ उधमधिल मुखी कार्यकर्ता निर्माणकार्य लाई जोड दिने समेत ओलिको योजना रहेको छ ।

पार्टी सदस्य ,वडा कमिटी लगायत सम्पुर्ण कमिटी हरुलाइ नेतृत्व र ब्यक्तित्व बिकास का साथै पार्टी विधि र बिधान अनुसार ,चुस्त दुरुस्त संचालन का निम्ति निरन्तर लाग्ने समेत सदस्य पदका उम्मेदवार ओलिको प्रतिबद्धता छ।रिचालन लाइ यहि २३ गते धनगढीमा हुन गइरहेको नेकपा एमालेको आठौं जिल्ला अधिबेशनमा जिल्लाभर १३ स्थानीय तह बाट करिव ६ सय प्रतिनिधिहरु छनौट भैसकेका छन ।जिल्ला कमिटीको आगामी नेतृत्व पद्धाधिकारी सहित १ सय ५० सदस्यीय निर्वाचित हुने भएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट