Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेकपा एमाले कैलाली जिल्ला कमिटीको आठौं जिल्ला अधिवेसनको चुनावी माहोल तातियो

  • कैलाली दर्पण
  • सोमवार, पुस १९, २०७८
नेकपा एमाले कैलाली जिल्ला कमिटीको आठौं जिल्ला अधिवेसनको चुनावी माहोल तातियो

लिलाजङ्ग शाही

बौनिया /  नेकपा एमाले कैलाली जिल्ला कमिटीको आसन्न आठौं जिल्ला अधिवेशनको लागि चुनावी माहौल निकै तातिरहेको छ।यहि पौष २३ गते धनगढीमा हुन गैरहेको जिल्ला अधिवेशनका लागि कैलाली जिल्लाका १३ वटै स्थानीय पालिकाबाट अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटको प्रक्रिया पौष १७ शनिबार देखि नै सुरु गरिएको छ।

कैलाली जिल्लामा २२ हजार ६ सय ४२ पार्टी सगठित सदस्य रहेकोले १ सय बराबर १ जना प्रतिनिधि छनौट मापदण्डअनुसार जिल्ला कमिटीको बैठकद्वारा निर्णय गरेको छ। जस अनुसार धनगढी उप महा नगरपालिका बाट ५४ जना लम्किचुहा नगरपालिका ३८ जना गोदावरी नगरपालिका ३८ जना टिकापुर नगरपालिका ३० जना घोडाघोडी नगरपालिका २७ जना ,गौरिगङ्गा नगरपालिका १७ जना ,भजनी नगरपालिका १७ जना बर्दगोरिया गाउपालिका १७ जना चुरे गाउपालिका १६ मोहन्याल गाउपालिका १३ जना जानकी गाउपालिका १२ जना कैलारी गाउपालिका ९ जना र जोशीपुर गाउपालिका बाट ७ जना जिल्ला अधिवेशनका लागि स्थानीय पालिका बाट प्रतिनिधि छनौट हुने भएका छन ।

जिल्ला कमिटी सल्लाहकार परिशद बाट १५ जना विभिन्न जन वर्गीय संगठन बाट ३/३ जना का दरले ४१ जना ५% मनोनीत र जिल्ला कमिटी सदस्य १ सय ९३ सहित करिव ६ सय जना जिल्ला अधिवेशनमा पौष २३ गते धनगढीमा प्रतिनिधिहरु सहभागी भइ १ सय ५० सदस्यीय आगामी कार्यकाल का लागि जिल्ला कमिटीको नयाँ नेतृत्व निर्वाचित गर्ने जिल्ला कमिटी का सचिब दानबहादुर बिकले जानकारी दिनु भएको छ। जिल्ला कमिटीको अध्यक्ष पदको लागि बर्तमान अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय रतन थापा ,जिल्ला कमिटीका उपाध्यक्ष रण बहादुर चन्द ,जिल्ला कमिटी सचिवालय सदस्य डेजी पान्डे र युवा संघ केन्द्रीय सदस्य नेत्र प्रशाद भन्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्ष पदका आकान्क्षी अहिलेसम्म ४ जना भएकोले आ, आफ्नो पक्ष निकटका प्रतिनिधि छनौट का लागि उम्मेदवार हरुको दौडधुप गरिएका छन् ।अध्यक्ष पदका उम्मेदवारी थापा,पान्डे ,भन्डारी लम्किचुहा नगरपालिका बासी हुन भने चन्द धनगढी बासी हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट