कैलाली–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई करिब २० हजार मतान्तरले पराजित गरेका हुन्।
चन्दले ३१ हजार ९५३ मत प्राप्त गर्दै जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी शाहले ११ हजार ९५८ मत पाए।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले ७ हजार ८७६ मतसहित तेस्रो स्थानमा रहे। नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानाले ५ हजार ८३९ मत प्राप्त गरे।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोशन शाहीले १ हजार ५९२ मत प्राप्त गरेका छन्।