फागुन २२/ काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रन्जु दर्शना विजयी भएकि छन। उनले १५,४५५ मत प्राप्त गरेकी छन।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काका अनुसार उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६,३६४ मत पाए।
अन्य उम्मेदवारहरूको मत परिणाम यस प्रकार रहेको छ:
नेकपा (एमाले) का मोहनराज रेग्मी — १,६१८ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्र — ३,९७२ मत
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की मेनुका भण्डारी — ३४५ मत पाएका छन