बौनिया । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा एमाले प्रवेश गर्नेको लर्को लागेको छ । बुधबार बौनिया बजारका व्यापारी, व्यवसायी संग भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९ जना नेकपा एमाले प्रवेश गरेका छन ।
भेटघाटका क्रममा मतदाताले थापा प्रति अटुट माया, विश्वास र सम्मान व्यक्त गरेका छन । सामाजिक र व्यवसायिक सेवामा समर्पित उनलाई स्थानिय व्यवसायिले यसपटकको निर्वाचनमा विजयी गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
कार्यक्रममा बोल्दै बौनियाका व्यापारी द्वावारिका धमाला र सुनिल कुँवरले सुर्य चिन्हमा मतदान गरि बिजय गराउन सबैलाई अनुरोध गरे । साथै सबै व्यापारी बर्गले यश पटक सुर्य बहादुर थापालाई जिताउन लाग्नु पर्ने उनिहरुले माग गरे ।
कार्यक्रममा थापाले जनताबाट प्राप्त माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्न सधैं प्रतिबद्ध रहने बताए ।
एमाले प्रवेश गर्नेमा गोरे सार्की, जगत भुल, मोति भुल, इनायत अलि, खेम बहादुर कामी, जगत बहादुर टमट्टा, पुरन खडका,मगला ताम्राकार र मन्सरा ताम्राकार गरि ९ जना रहेका छन ।
नवप्रवेशीहरूलाई उम्मेदवार थापा, एमाले केन्द्रिय सदस्य कमला कुमारी ओलि , प्रदेश कमिटी सदस्य भिम बहादुर कुँवरले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए। एमालेले यसलाई आगामी निर्वाचनमा थप ऊर्जा र जनसमर्थन प्राप्त भएको रूपमा लिएको जनाएको छ।
