Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलाली-२ मा एमाले प्रवेश गर्नेको लर्को, लम्कीचुहा-८ बाट २८ जना प्रवेश

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १०, २०८२
कैलाली-२ मा एमाले प्रवेश गर्नेको लर्को, लम्कीचुहा-८ बाट २८ जना प्रवेश

बौनिया । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा  कैलालीमा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा नेकपा (एमाले) का सूर्य ध्वजाबाहक उम्मेदवार नेतृत्वको टोलीले लम्किचुहा ८ का विभिन्न टोल गाउँ क्षेत्रमा अगुवा कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट गरेको छ ।

भेटघाटका क्रममा स्थानीयले थापा प्रति अटुट माया, विश्वास र सम्मान व्यक्त गरेका छन । सामाजिक सेवामा समर्पित उनको बानीको स्थानीयले प्रशंसा गर्दै यसपटकको निर्वाचनमा विजयी गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा थापाले जनताबाट प्राप्त माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्न सधैं प्रतिबद्ध रहने बताए ।

यसैबीच एमालेको नीति र नेतृत्वबाट प्रभावित भई लम्की चुहा ८ डमरिया टोलबाट नेकपा वडा कमिटी उपाध्यक्ष तुल बहादुर राना मगर सहित २८ जनाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

यसै गरि विमला देवी राना, मान बहादुर बगाले मगर ,लक्ष्मी देवि वगाले मगर, धनि देवी भारति, पदम लाल भारति, भुमीसरा भारती, मतीकला घर्ति मगर, विमला राना, नर बहादुर भारती, पवन भारती, मनिषा सिजापति मगर, लाल बहादर सिजापति मगर,अमृता रेग्मी, नरूपा देवि मगर, आशा देवी देवी पुनमगर, अस्मिता पुन मगर, खडक बहादुर शाही, तिर्थ नाथ, पनार्थ धमला, भाना धमला,सूर्य बहादुर शाही,लक्ष्मी कुमारी जोशी, रुद्र थापा, अस्मिता देवि थापा लगायत २८ जना एमालेमा प्रवेश गरेका छन्।

नव प्रवेशीहरु लाई केन्द्रीय सदस्य कमला ओली र कैलाली २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य बहादुर थापा टीका माला लगाइ स्वागत सम्मान गरेका थिए ।

नवप्रवेशीहरूलाई उम्मेदवार थापाले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए। एमालेले यसलाई आगामी निर्वाचनमा थप ऊर्जा र जनसमर्थन प्राप्त भएको रूपमा लिएको जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट