Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राप्रपा लम्कीचुहा ८ को वडा अधिवेशन सम्पन्न,अध्यक्षमा पुन:देवकोटा चयन

  • कैलाली दर्पण
  • शनिबार, चैत्र ९, २०८१
राप्रपा लम्कीचुहा ८ को वडा अधिवेशन सम्पन्न,अध्यक्षमा पुन:देवकोटा चयन

९ चैत/राष्ट्रीय  प्रजातन्त्र  पार्टी कैलाली क्षेत्र नम्बर २ प्रदेश ख अन्तर्गत लम्किचूहा नगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन सम्पन्न भएको छ।

राष्ट्रीय प्रजातन्त्र पार्टि वडा समिति अध्यक्ष नरेन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रीय प्रजातन्त्र पार्टिका केन्द्रीय सल्लाहकार समिती सदस्य प्रमोद सिंह राठौर रहनू भएको भने विशिष्ट अतिथि पूर्व केन्द्रीय सदस्य अभिलाल चौलागाई सूदूर पश्चिम प्रदेश कार्य सम्पादन समिति सदस्य भरत सिंह बिसी रहेका थिए।

अधिवेशन बाट नरेन्द्र प्रसाद देवकोटाको अध्यक्षतामा पुन:नयाँ वडा समिति निर्विरोध निर्वाचित गरेको छ । जसको बरिष्ट उपाध्यक्षमा गोरख बहादुर बिष्ट,उपाध्यक्ष पदम बूढा,सचिव राम प्रसाद खनाल कोषाध्यक्ष राधिका बिष्ट,सह सचिव मोहन प्रसाद जैसी,कासीराम जैसी जगिराम चौलागाई लक्ष्मी कूमारी चौधरी गंगा राम चौधरी गंगा राम जैसी, रन सिंह बिष्ट हरि प्रसाद देवकोटा लगायतका गरि २१ सदस्यीय नयाँ  वडा समिति निर्विरोध निर्वाचित गरेको छ ।

राष्ट्रीय प्रजातन्त्र पार्टी कैलाली क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय प्रवक्ता तथा वर्तमान सचिव यूवा नेता टंक देउवाले सञ्चालन गरेको कार्यक्रममा सूदूरपश्चिम प्रदेश सदस्य लक्ष्मी चौधरी जिल्ला सदस्य नवराज पोखरेल क्षेत्र नम्बर २ निर्वाचन आयोग सदस्य रूपचन्द्र पाण्डेय नगर कमिटी अध्यक्ष जगत राज भण्डारी क्षेत्रीय सह सचिव रङ्ग प्रसाद न्यौपाने क्षेत्रीय सदस्य पूर्ण प्रसाद उपाध्याय प्रदेश ख का अध्यक्ष मारकण्डे चौधरी क्षेत्रीय सदस्य धर्मा चौलागाई लगायतका व्यक्तित्व हरूले शूभकामना मन्तव्य व्यक्त गर्नू भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट