निर्मला शाही/नेकपा(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको अध्यक्षमा रामकृष्ण डगौंरा थारु (रन्जित ) निर्वाचित भएका छ्न ।
शनिबारदेखि बर्दगोरियामा सुरु भएको तेस्रो अधिवेशन सर्वसहमती बाट गठन हुन नसके पछि आइतबार निर्वाचन प्रक्रियाबाट डगौरा अध्यक्षमा निर्वाचित भएका हुन।
यसैगरी अधिवेशनबाट उपाध्यक्षमा लाल बहादुर विक, भिखु चौधरी र बाधुराम डगौरा थारू निर्वाचित भएका छ्न भने सचिबमा भेषराज जैशी र सह-सचिवमा सुन्दर गौतम निर्विरोध निर्वाचित भएका छन।
यस्तै कोषाध्यक्षमा चन्द्रा देवि लुहारसहित ४१ सदस्यीयको नयाँ कमिटी गठन गरिएको छ।
कमिटीको अध्यक्षमा निर्वाचित डगौरा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का पालिकाकै उनी दोस्रो कार्यकाल वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन ।
