३ पुस/कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १८ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको आज १३ औं दिनमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
समृद्ध सुदूरपश्चिमको लागि, आर्थिक समृद्धि भन्ने मुल नारा दिएको महोत्सवमा आज पुस ३ गते चर्चित गायिका सिर्जना खत्री (हाउडेमाया), गायक निशान भट्टराई, गायक अर्जुन कौसल, गायिका तथा उद्घोषिका उमा देवि खनाल , उद्घोषण कोष खड्का लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
शनिबारर एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गरेका हुन्।
मंसिर २२गते देखि पुस ६ गते सम्म सन्चालन हुने महोत्सवमा तिन दर्जन बढी राष्ट्रियतथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।
पुस ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ टीकट निर्धारण गरिएको छ ।
विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायत ५ सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ