Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिम महोत्सवको आज पाचौं दिन को-को कलाकार आउँदै छन् ?

  • कैलाली दर्पण
  • बुधबार, मंसिर २६, २०८१
सुदूरपश्चिम महोत्सवको आज पाचौं दिन को-को कलाकार आउँदै छन् ?

निर्मला शाही बौनिया/कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १८ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको आज पाचौं दिनमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।

समृद्ध सुदूरपश्चिमको लागि, आर्थिक समृद्धि भन्ने मुल नारा दिएको महोत्सवमा आज मंसिर २६ गते चर्चित लोकदोहोरि गायक बद्री पंगेनी ,गायक चेतन बोहरा, गायिका अनु चौधरी,गायिका तथा उद्घोषिका शोभा त्रिपाठि, मोडल सदिक्षा चौधरी,गायक लाल बहादुर थापा लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

शनिबार  एक कार्यक्रमका बिच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महोत्सवको उद्घाटन गरेका हुन्।

मंसिर २२ गते देखि पुस ५ गते सम्म सन्चालन हुने महोत्सवमा तिन दर्जन बढी  राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय रुपैयाँ विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायत ५ सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ

पुस ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा राखिएका स्टलबाट करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट