Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्की महोत्सवमा मंसिर १४ गते गायिका सिर्जना खत्रीको प्रस्तुति रहने

  • कैलाली दर्पण
  • शुक्रबार, मंसिर १४, २०८१
लम्की महोत्सवमा मंसिर १४ गते गायिका सिर्जना खत्रीको प्रस्तुति रहने

लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको लम्की  महोत्सवमा मंसिर १४ गते आज गायिका सिर्जना खत्री ( हाउडे माया)  को  प्रस्तुति हुने भएको छ ।

सम्मुनत लम्किचुहाको आधार-कृषि पर्यटन उद्योग र ब्यापार  भन्ने मुल नारा दिएको महोत्सवमा आज मंसिर १४ गते चर्चित गायिका सिर्जना खत्री ( हाउडे माया), गायिका गौरी भट्ट, ,गायिका तथा उद्घोषिका मन्जु पौडेल ,गायक तथा उद्घोषक भिम बिस्ट, बालकलाकार  अनुभा बिस्ट  लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

बिहिवार  एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री  कमल बहादुर शाहले उद्घाटन गरेका छन।

मंसिर  ६गते देखि १६ गते सम्म सन्चालन हुने महोत्सवमा चर्चित  कोकदोहोरी गायक राजु परिवार,प्रकाश दुतराज, अर्जुन सापकोटा,गायका ज्योति मगर,अस्मिता अधिकारी,  रचना रिमाल, एन्जिला रेग्मी, शृजना खत्री (हाउडेमाया), शान्तारानी परिवार,  अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी , सपना साही, गौरी भट्ट ,  गायक राजु आरडी, अर्जुन सुनाम, गायका एब्शल संजाल,संगिता बडुवाल,पुजा देवकोटा,मोडल आरुशी मगर लक्ष्मी सुनार, करिश्मा शाही ,भावना चौधरी ,गायिका तथा उद्घोषिका मन्जु पौडेल, शोभा त्रिपाठि, कल्पना पाण्डे (कुशुम),  प्रशान्त जैशी  सहित  स्थानीय  कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा दुइ दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

सम्बन्धित समाचार
ताजा अपडेट