Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बझाङ प्रदेशसभा–१ मा एमालेका उम्मेदवार भण्डारी निर्वाचित

  • कैलाली दर्पण
  • सोमवार, बैशाख १७, २०८१
बझाङ प्रदेशसभा–१ मा एमालेका उम्मेदवार भण्डारी निर्वाचित
वैशाख १७/उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् ।
भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन्। भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरेका छन्। त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे। यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।
निर्वाचन आयोगले भने अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन। शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो।  ११ दलका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट