Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख १३, २०८१
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

बैशाख १३/कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यमलाल कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित भए का थिए ।

जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादीका एकरएक र स्वतन्त्र एक सांसद छन् । मुख्य मन्त्री कँडेल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट