Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णालीमा काङ्ग्रेसका तीनै जना मन्त्रीले दिए जानीजानी

  • कैलाली दर्पण
  • मङ्लबार, फाल्गुन २२, २०८०
कर्णालीमा काङ्ग्रेसका तीनै जना मन्त्रीले दिए जानीजानी

२२ फागुन,/ कर्णाली प्रदेशमा  नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएका हुन् ।

सोमबार केन्द्रको काङ्ग्रेस माओवादी गठबंधन टुटेपछि कर्णालीमा काङ्ग्रेस बाट सहभागी मन्त्रीहरुले राजिनामा दिएका हुन।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए ।

माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको उनीहरूले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट