कैलाली /कर्णाली प्रदेशको दैलेख जिल्लामा नेकपा(एस समाज बादी ) पार्टी नेकपा एमालेमा समायोजन भएको छ। समायोजनमा केन्द्रीय कमिटी सदस्य देखि कर्णाली प्रदेश कमिटी सदस्य जिल्ला कमिटी उपाध्यक्ष सदस्य ,नगर कमिटी ,गाउँ कमिटी र वडा कमिटीहरु समायोजन भएका छन् ।
आईतबार नेकपा एमाले दैलेखका अध्यक्ष सुर्य बहादुर शाहीको अध्यक्षमा र कर्णाली प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट को प्रमुख आतिथ्यमा दुल्लुमाव भएको पार्टी आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको छ ।
कार्यक्रममा दुई जना केन्द्रीय सदस्य सहित सवै नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन । एकीकृत समाजवादी त्यागेर एमाले प्रवेस गर्नेहरूमा केन्द्रीय सदस्य बरुनाथ योगी र पार्वती बिसुन्के सहित २६ जना नेता रहनुभएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन प्रति नेकपा एकीकृत समाजवादीबाट सहयोग नपुग्ने प्रमाणित भएको कारण पुरानो घर एमाले फर्किएको बताउनुभयो । विगतमा दैलेखमा पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता हुनुहुन्छ । उहाँहरूलाई नेकपा एमाले सचिव एवंम् कर्णाली प्रदेश ईन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभयो ।

प्रवेश गर्ने नेताहरूमा बरुनाथ योगी केन्द्रीय सदस्य, केन्द्रीय सदस्य तथा पुर्व सान्सद पार्वती बिसुन्के भुपेन्द्रबहादुर शाही प्रदेश कमिटी सदस्य, बालकृष्ण केसी प्रदेश कमिटी सदस्य, निरक शाही जिल्ला कमिटी उपाध्यक्ष, कमल रिजाल जिल्ला सचिवालय सदस्य एवं क्षेत्रीय समन्वय कमिटी सचिव भरत शाही रहेका छन् ।
त्यस्तै विद्यार्थी सङ्गठनका केन्द्रीय सचिव बसन्त रेग्मी प्रदेश कमिटी सदस्य, भीमप्रसाद शर्मा दुल्लु नगर अध्यक्ष, हर्क नेपाली नारायण नगर अध्यक्ष महेन्द्रनाथ योगी दुल्लु नगर सचिव, धिरेन्द्र कार्की युवा संघ केन्द्रीय सचिवालय सदस्य समेत प्रवेश हुनुभएको हो ।
यसैगरी केशरसिंह माझी केन्द्रीय सल्लाहकार कमिटी, गोकर्ण माझी प्रदेश कमिटी सदस्य एवं क्षेत्रीय समन्वय कमिटी अध्यक्ष, आत्मप्रसाद उपाध्याय प्रदेश कमिटी सदस्य, खजुरा सुजी जिल्ला कमिटी सदस्य, कलम नेपाली जिल्ला कमिटी सदस्य, जगत शाही जिल्ला कमिटी सदस्य, खगेन्द्र शाही जिल्ला कमिटी सदस्य, पुर्णबहादुर थापा जिल्ला कमिटी सदस्य, महेन्द्र थापा जिल्ला कमिटी सदस्य, छत्र माझी जिल्ला कमिटी सदस्य, यामराज थापाजि ल्ला कमिटी सदस्य, लक्ष्मी केसी जिल्ला कमिटी सदस्य, दीपक रावल लगायत २ सय १० ले पार्टी प्रवेश गरेका हुन।
कार्यक्रममा करीब २ सय १० जनाले नेकपा एस समाजबादी पार्टी लाई परित्याग गरि नेकपा एमाले पुरानै पार्टीमा फर्किएको केन्द्रीय सदस्य बरुनाथ योगीले बताए ।
पार्टी समायोजनको पहल जिल्ला कमिटीका अध्यक्ष सुर्य बहादुर शाही, एमालेका दैलेख इन्चार्ज यामलाल कडेल,केन्द्रीय सदस्य बिनोद कुमार शाह , प्रदेश कमिटी अध्यक्ष गुलाव जङ्ग शाह ,लक्ष्मी प्रशाद पोखरेल ,प्रदेश कमिटी उप सचिव रविन्द्र राज शर्मा लगायत का नेताहरूको पहलमा भएको थियो।

कर्णालीको दैलेख जिल्ला एमाले पुरानो अबस्थामा फर्किदै छ।११ स्थानीय तह रहेको दैलेख जिल्लामा नारायण नगरपालिका ,आठबिस नगरपालिका ,गुरास गाउपालिका र डुङेस्वर गाउपालिका जितेको छ।भने दुल्लु नगरपालिकामा उप प्रमुख र ठाटिकाध गाउपालिकामा उपाध्यक्ष समेत जितेको छ। २ वटा प्रतिनिधि सभा सदस्य को निर्वाचन क्षेत्र रहेको दैलेख मा क्षेत्र नम्बर २ को प्रदेश सभा ख बाट बिनोद कुमार शाह प्रत्येक्ष र गोमता बिक समानुपातिक प्रदेश सभा सदस्य छन ।