फागुन६/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित नेकपा एमाले को नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचन मिसन २०८४ लाई प्राथमिकता दिएर नेतृत्व छनौट गर्न निर्देशन दिनुभयो । गुटबन्दी, अराजकता, अनुशासनहीनता पार्टी नचल्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले पार्टीमा राम्रो आचरण भएको, सक्रिय र स्पष्ट विचार भएको व्यक्ति जिल्ला को नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।
आफूले भनेको भएन भने अराजक कार्य गर्ने, विधि विधान तरिका मिचेर पार्टी सङ्गठन बलियो नहुने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले नीति र विधि पालना गर्न सबै कार्यकर्ता लाई आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले सक्षम र योग्य व्यक्तिले नेतृत्व गर्नुपर्छ भन्नुभयो । उहाँले सर्वसम्मतबाट नेतृत्व चयन नभए लोकतान्त्रिक विधि अपनाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सहमति हुन नसके चुनावमा जाने साथीहरूले हार र जितलाई सहर्ष स्विकारेर जान सक्नु पर्छ । स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, हार्नभन्दा समयमै समर्थन गर्न राम्रो हो ।”
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा गरेका कामलाई अहिलेको सरकारले निरन्तरता नदिएको टिप्पणी गर्नुभयो । ओलिले भन्नू भयो “म प्रधानमन्त्री भएका बेला अर्थतन्त्र सुधारिएको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक, ३९६ वटा पालिका स्तरमा १५ र १० शैयाका अस्पताल निर्माण शिलान्यास भएको थियो । ती योजना हरु अहिले अलपत्र परेका छन् ।”
अध्यक्ष ओलीले भन्नुभयो, “चुनावदेखि चुनाव होइन, देशमा समृद्ध र विश्वले हेर्नलायक देश बनाउन नेकपा (एमाले) लागिपरेको छ । अध्यक्ष ओलीले भन्नुभयो, “हामीलाई यो देशमा सुशासन ल्याउनुछ, रोजगारीको अवसर सिर्जना गर्नु छ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।”
एमाले कैलाली जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम समापनलगतै सोमबार नयाँ नेतृत्व चयन गरिने छ । जिल्ला अध्यक्षका लागि तीनजना उम्मेदवारको नाम चर्चामा रहेको छ । अध्यक्ष पदका लागि दुर्गादत्त जोशी, डेजी पाण्डे र यज्ञराज ढुङ्गानाले उम्मेदवारी दिने चर्चा रहेको एमाले कैलालीले जानकारी दिएको छ।